अपारदर्शि र अलोकतान्त्रिक तरिकाले सरकार बनेकाे छ: प्रचण्ड


काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

शनिबार पार्टी प्रवेश गराउने क्रममा उनले संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचन प्रणाली देशलाई आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति यो देशलाई आवश्यक छ ।

संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो निर्वाचन प्रणाली पनि यो देशलाई आवश्यक छ भनेर भनिराख्दा अहिले देशमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा एउटा अभियान सुरु गरेका थियौं ।’ यस्तै, उनले जनतामा अहिले निकै ठूलो आक्रोस रहेको भन्दै यो अवस्थामा देशको एकतालाई बचाउँदै राजनीतिक परिवर्तनको रक्षा र अगाडि बढेर देश विकास गर्नुपर्ने बताए ।

उनले भने, ‘अपारदर्शि र अलोकतान्त्रिक तरिकाले संविधान मिचेर अहिलेको सरकार बनेको छ । त्यसकारण जनतामा अहिले निकै ठूलो आक्रोस छ । असन्तुष्टि छ, सडकमा जनता विभिन्न रुपमा उत्रि रहेका छन् । शिक्षक, डाक्टर, नर्स सबै आन्दोलनमा छन् । सरकारमा भएका बाहेकका पार्टी पनि सडकमा नै छन् ।

यो अवस्थामा हामीले देशको एकतालाई बचाउँदै राजनीतिक परिवर्तनको रक्षा र अगाडि बढेर देश विकास गर्नुछ ।’
पार्टी केन्द्रीय सदस्य रामकुमार राइको संयोजनमा केन्द्रीय कार्यालय पेरिसडाडामा राखिएको पार्टी प्रवेसमा सय जना प्रवेश भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।