कुवेतले दियो नेपाल सामु १८६ रनको लक्ष्य


काठमाडौं।

कुवेतले नेपाल सामु १८६ रनको लक्ष्य प्राप्त गरेको छ । चार देशिय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालसामू १८६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८५ रनको योगफल तयार पार्न सफल भएको छ ।

कुवेतका लागि क्लिन्टो एन्टोले ४१, मीत भवसरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६, कप्तान मोहम्मद अस्लामले अविजित १७ र उस्मान पटेलले १३ रन बनाएका छन् । दोस्रो विकेटका लागि एन्टो र भवसरले ५४ रनको साझेदारी गरे । नेपालका लागि सोमपाल काकीले तीन, नन्दन यादवले दुई तथा ललितनारायण राजवंशी र कुशल भुर्लेलले समान एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।