कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै


काठमाडाैं ।

नेपाल विद्युत् प्राधिकरणको निर्वतमान प्रवन्ध निर्देशक कुलमान घिसिङले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै छन्।

आफूलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि घिसिङले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

हितेन्द्रदेवको पुरानै रिट विचाराधीन छ, अहिले कुलमानलाई अन्तरिम दिन मिलेनः सर्वोच्च अदालतले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नै निरन्तरताको आदेश दिएको भोलिपल्ट चैत २२ गते घिसिङले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

उनका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा हुनेछ।