राज्य व्यवस्था समितिमा गृह मन्त्री जाने, तीन समितिको बैठक बस्दै


काठमाडौं ।

संघीय संसद अन्तर्गतको तीन समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालय परिसर, सिंहदरवारमा बस्नेछ ।

जसअनुसार अर्थ समितिको बैठकमा आगामी आ.व.२०८१-८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

​गत चैत १५ गते राजावादीको प्रदर्शनमा काठमाण्डौको तीनकुनेमा मिति २०८१ चैत्र १५ गतेको घटनाका सम्बन्धमा गृह मन्त्रालयसँग छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको छ । सो बैठक पनि बिहान ११ः०० बजे बस्नेछ ।

उता, विधायन व्यवस्थापन समितिमा भने पुरानै अजेन्डा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।