काठमाडौं महानगरमा तनाव : गुरागाईंलाई हाजिर गराउन रोक


काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई आज बिहीबार कार्यालयमा हाजिर हुन महानगरपालिकाको कार्यायमा पुगेपछि अहिले त्यहांको अवस्था तनावग्रूत भएको छ ।

काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख कार्यकारी अधिकृत गुरागाईलाई जाहिर हुन् नदिन महानर सुरक्षा बलका प्रमुख राजु पाण्डे सहितको टोली खटाएको भएपनि त्यहाँ कार्यरत कर्मचारीले गुरागाइलाई कार्यकक्ष अगाडि पुर्याएका छन् ।

सुरक्षा बलले गुरागाइलाई कार्य कक्षमा प्रवेश नदिन बाटो छेकेको भएपनि कर्मचारीहरुले भने गुरागाइलाई महानगरपालिकाको कार्यालयमा प्रवेश गराएर स्वागत गरेका थिए । बिहानै देखि कर्मचारीहरु गुरागाईको स्वागतकालागि कार्यालय परिसरमा जम्मा भएका थिए भने मेयर साहको आदेशमा अर्कोपट्टी सुरक्षामर्की तैनाथ भएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।