तीनकुने घटनामा संलग्न थप १८ जना पक्राउ


काठमाडौँ।

काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा थप १८ जना पक्राउ परेका छन् । पक्राउ परेका १८ जनामध्ये ८ जनालाई राज्यविरुद्धको कसुर र संगठित कसुर अन्तर्गको मुद्दा चलाइएको छ ।

अन्य १० जनालाई भने आपराधिक उपद्रव कसुर अन्तर्गत मुद्दा चलाइएको छ । प्रहरीले यो घटनामा संलग्नहरूलाई पक्राउ पर्ने क्रम जारी छ ।

यसअघि सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । सोमबार प्रहरीले विष्णुजंग बस्नेत, सितादेवी राई, देवी संग्रौलालाई पक्राउ गरेको थियो ।

मंगलबार पुनः १८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरू राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ । यही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।