सभामुखलाई भेटेर रवि लामिछानेको निलम्बन फुकुवाको माग


काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित नेताहरुले सभामुख देवराज घिमिरेलाई भेटेरका छन् ।

पार्टी सभापति लामिछानेको निलम्बन फुकुवा गर्नको लागि दवाव दिन नेताहरु मंगलबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यालय पुगेका हुन् ।

भेटमा लामिछानेको निलम्बन फुकुवा गर्ने विषयमा सभामुखसँग वार्ता गरेका छन् । पार्टीले एक महिनाअघि सभापति लामिछानेको निलम्बन फुकुवा गर्ने माग राख्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको थियो । उक्त पत्रको सुनुवाई अहिलेसम्म नभएपछि पुनः सभामुख कहाँ गएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।