रास्वपा सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सभामुख देवराज घिमिरेसँग भेट्दै छ ।

लामिछानेले रास्वपाका सांसदहरुसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्ने भएका हुन् ।

हाल सांसदबाट निलम्बित भएका लामिछानेले आफुलाई संविधान विपरित सांसदबाट निलम्बन गरिएको बाताउँदै आएका छन् ।

लामिछानेको सांसद पद गत पुस ८ गतेदेखि निलम्बित भएको थियो । उनीविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।