ताप्लेजुङ ।
घरायसी विवादका कारण भाउजूलाई कुटपिट गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेकाे छ ।
भाउजूलाई कुटपिट गरेको आरोपमा फक्ताङलुङ गाउँपालिका-२ खेजेनिमका ५७ वर्षीय बिष्णुकुमार लिम्बूलाई नियन्त्रणमा लिइएको हो ।
भाउजूलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएकाे छ ।
उनले ५६ वर्षीया भाउजू सुकमाया लिम्बूलाई काठको आग्लोले प्रहार गरेको र अनुहारसहित शरीरका विभिन्न भागमा निलडाम रहेको प्रहरीले जानकारी दिएकाे छ ।











प्रतिक्रिया