न्युटन र गण्डकी विजयी


काठमाडौं, (नेस) ।

न्युटन र गण्डकीले २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।

भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा न्युटनले हेराल्डलाई २२–१८ ले पराजित ग¥यो । न्युटनको जितमा रमनले ८ अंक योगदान गरे । सरोजको ८ अंक सहयोगमा गण्डकीले समृद्धिलाई २३–१५ ले हरायो ।

सिनियर ब्वाइजमा रेडियन्टले स्किब्सलाई ४३–४०, बीएमसीएले संस्कारलाई ३२–२५ र गोल्डेनपिकले बीएमडीएसएसलाई ३५–२८ ले पाखा लगाए । रेडियन्टका राजले १९, बीएमसीएका सवितले ८ र गोल्डेनपिकका सुशिल गिरीले १६ स्कोर गरे ।

सिनियर गल्र्समा ह्वाइटफिल्डले वेदव्यासलाई ११–८, रिलायन्सले बाल वाटिकालाई ८–६ र टीआईएले विभूतिलाई २१–१३ ले पन्छाए । ह्वाइटफिल्डकी स्मृति राईले ७, रिलायन्सकी रेबिकाले ४ र टीआईएकी क्लारा लिम्बूले ९ अंक जोडे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।