काठमाडौं ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा रोजगारी सिर्जना र वातावरण संरक्षणलाई प्राथमिकता दिने निर्णय गरेका छन् ।
पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले गरिबी तथा बेरोजगारी न्यूनीकरण र युवाहरू, श्रमिक तथा महिलालाई सीपयुक्त बनाई आत्मनिर्भर बनाउने उद्देश्यसहित विभिन्न रोजगार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
यसअन्तर्गत मुख्यमन्त्री महिला स्वरोजगार, वैदेशिक रोजगारीबाट फर्किएकाका लागि स्वरोजगार, मुख्यमन्त्री रोजगार तथा सार्वजनिक रोजगार सेवा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यस्तै, एआई, ई–कमर्स र कम्प्युटरसम्बन्धी तालिममार्फत उद्यमशीलता विकास गर्ने तथा प्रदेशका पाँच जिल्लामा नौ महिनासम्म एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ ।
यसैगरी, वन तथा वातावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमलाई पनि प्राथमिकतामा राख्ने निर्णय मुख्यमन्त्री यादवले गरेका छन् ।








तपाईंको विचार लेख्नुहोस्