काठमाडौं, (नेस) ।
नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ । त्यसमध्ये छनौट हुने तीन टिमले मात्रै लिग खेल्न पाउनेछन्।
नयाँ टोलीका लागि विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौँडा, भक्तपुर, नेपालगन्ज र सुर्खेतका लागि प्रस्ताव माग गरिएको थियो ।
७ क्लब काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी एनएफएलका संस्थापक हुन् । यी सात क्लब र नयॉ तीन टिमसहित १० टोलीले ‘होम एन्ड अवे’को आधारमा एनएफएलमा प्रतिस्पर्धा गर्नेछन्। पहिलो संस्करण फागुन १ गते सुरु हुनेछ।








तपाईंको विचार लेख्नुहोस्