वल्र्ड ट्रायथलन लङ डिस्ट्यान्समा नेपालले खेल्ने


काठमाडौं, (नेस) ।

यूएईको अबुधाबीस्थित हृदयरियाट टापुमा हुने २०२६ वल्र्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले सहभागिता जनाउने भएको छ ।

नेपाल ट्रायथलन संघका अनुसार नेपालको प्रतिनिधित्व गरेर खेल्ने खेलाडीमा सन्तोष राई र सन्तोष कर्माचार्य रहेका छन् । उनीहरूले १ सय ५३ किलोमिटर लामो दूरी पूरा गर्नेछन् । त्यसमा ३.५ किलोमिटर पौडी, १ सय २० किलोमिटर साइक्लिङ र ३० किलोमिटर दौड रहेको छ ।

राईले ४५–४९ वर्ष उमेर समूहमा खेल्नेछन् । कर्माचार्यले भने ५०–५४ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टिमको प्रशिक्षक तथा व्यवस्थापकमा युवराज सुनुवार रहेका छन् ।

राई गिनिज वल्र्ड रेकर्ड होल्डर खेलाडी हुन् । उनले यसअघि अमेरिकामा भएको आइरनम्यान वल्र्ड च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेका छन् । त्यस्तै, कर्माचार्यले छ फुल आइरनम्यान ट्रायथलन र २० हाफ आइरनम्यान दौड खेलिसकेका छन् ।

दुवै खेलाडीले यसअघि सन् २०२४ र २०२५ को वल्र्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिप पनि खेलिसकेका छन् । त्यसैले अहिलेको प्रतियोगिता राई र कर्माचार्य दुवैका लागि लगातार तेस्रो सहभागिता रहनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।