भारतको कोटामा सडक दुर्घटना, एकै परिवारका ९ जनाको मृत्यु


काठमाडौं ।

भारतको राजस्थानस्थित कोटामा भएको सडक दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

खाटुश्यामको दर्शन गरी महाराष्ट्र फर्किने क्रममा १६ जना सवार गाडी शम्भुपुरा नजिकै सडक छेउमा पार्किङ गरिएको ट्रकसँग ठोक्किएको थियो ।

कोटाका अतिरिक्त जिल्ला कलेक्टर राजेश जोशीका अनुसार दुर्घटना मध्यरातमा भएको हो । दुर्घटनामा मृत्यु हुने सबै एकै परिवारका रहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।