सत्याको ट्रेलर सार्वजनिक


आगामी १४ गते रिलीज हुने फिल्म सत्याको ट्रेलर सार्वजनिक गरिएको छ।


मिलन आले मगरको निर्देशनमा बनेको फिल्मको साढे दुई मिनेट लामो टे«लरमा एक्शनलाई विशेष जोड दिइएको छ।

राज कालाखेती, प्रिया शर्मा, करणसिंह बोहरा, बिकास थापा मगर,व र्षा थिङ, सुमन खत्री, तेजा ऐर, ममता पौडेललगायतका कलाकारले अभिनय गरेको फिल्मको स्क्रिप्ट श्रवण सम्राटले लेखेका हुन्।

सुमनकुमार तण्डुकारले खिचेको फिल्मका गीतमा विकास चौधरीको संगीत, रामजी लामिछाने, सुरेश पाण्डे र सुरेन बसेलको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।