सवारी दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडौं ।

रूपन्देही, सैनामैना नगरपालिका१० कंचन पुलस्थित सडकमा रा.५ प ८७३३ नम्बरको मोटरसाइकल र लु.२ ख ६२३६ नम्बरको टेलर गाडी एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार दाङ घोराही

उपमहानगरपालिका-४ बस्ने २५ वर्षीया सावित्रा भन्ने स्यान्नानी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुर, भिमदत्त नगरपालिका-३ भासीस्थित सडकमा म.१ त १०१७ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-६ सुखासाल बस्ने ३५ वर्षीया पार्वती भट्टको मंगलबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।