बढुवा भएका ६१  सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

4.04k
Shares

काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्माले विभिन्न पदमा बढुवा भएका ६१  सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सोमबार जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति शर्माले सैनिक प्राड सेवा, प्राविधिक रिक्त रहेका अधिकृत पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी ५ जना, लेखा उप सेनानी ६ जना र प्राविधिक उप सेनानी ५० जना गरी ६१ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

आयुक्त पद प्रदान कार्यक्रममा बलाधिकृत रथी श्री अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी श्री सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

नेपाली सेनाका रथीवृन्द, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापतिले नव नियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

Skip This