बहालवाला मुख्यसचिवमाथि इतिहासमै पहिलो पटक भ्रष्टाचार मुद्दा दायर

मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा 

4.79k
Shares

काठमाडौं।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिवमाथि इतिहासमै पहिलो पटक भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियाले  सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायत १२ जनाविरुद्ध  आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अन्तरिक रजश्व विभागका तत्कालीन महानिर्देशक रितेश शाक्य,उपमहानिर्देशक टंकप्रसाद पाण्डे, विकल पौडेल लगायत ठेकदार कम्पनीका सञ्चालकसहित  १२  जना विरुद्ध मुद्दा दायर भएको हो। शाक्य हाल अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख छन्।

मुद्दा दायर भएसंगै मुख्यसचिव अर्याल  निलम्बनमा परेका छन्।