विश्वप्रकाशको गृहमन्त्रीलाई प्रश्न- लोकेसन पत्ता लाग्यो भनेर जीबी राईलाई भगाउन खोजेको हो ?

376
Shares

काठमाडौँ। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई भगाउन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘स्टन्टबाजी’ गरेको आरोप लगाएको छ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले लोकेसन पत्ता लगाइसक्यो भनेर जीबीलाई भगाउन माइकबाट फुकेको हो? भन्दै प्रश्न गरे।‘लोकेसन पत्ता लगाइसक्यो भनेको जीबी राईलाई के भगाउनका लागि हो माइकबाट फुकेर लोकेसन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने? कि सरकार चाँडै जीबी राईलाई हाजिर गराउँदैछ?’

उनले मलेसियाबाट कुनैपनि अभियुक्तलाई पक्राउ गरी ल्याउन कुनै सुपुर्दगी सन्धि  नचाहिने पनि दाबी गरेका छन्।