अढाई घण्टामा दश जनालाई घाईते बनाएको बाघ प्रतिकारमा मर्‍यो

6.67k
Shares

नवलपरासी।

जिल्लाकाे मध्यविन्दु ८ फूलबारी नजिक स्थानीय राम बहादुर खत्रीकाे घरमा बाघ पस्याे । बिहीबार बिहान करिव ९ बजे खत्रीकाे घरमा बाघ पसे पछि फूलबारी र देवकोटा टाेलका स्थानीयकाे हाेहल्लासंगै रानीटार सडकमा निस्किएकाे बाघले स्थानीय महिलालाई झम्टिएर मकै बारीमा अलप भयाे ।

त्यसकाे केही क्षणमै बाघले रानीटार नजिकै समूहमा न्यूराे टिप्दै गरेकी अर्की एक महिलालाई झम्टियाे । त्यस बेला सम्म मध्यविन्दुमा बाघकाे आतंक भन्ने खवरसंगै जिल्लाभर सामाजिक संजाल ताति सकेकाे थियाे ।बाघले दुई जनालाई झम्टि सकेपछि उक्त बाघ दक्षिण गिरूबारी खाेलाकाे कासघारी तर्फ लागेकाे स्थानीयले बताए ।

साेही क्रममा बाघले गिरबारी खाेला छेउकाे सिसाैघारीमा स्थानीय ३ जना युवा तथा वयस्कलाई झम्टेर रक्ताम्मे पारि सकेकाे थियाे । बाघकाे आतंकसंगै साे क्षेत्रमा प्रहरी निरिक्षकसहित सशस्त्रको टाेली,नगर तथा छिटपुट जनपद प्रहरी बाघ रहेकाे क्षेत्रमै तैनाथ थियाे ।

स्थानीयले बाघलाई छिटाे नियन्त्रणमा लिन अनुरोध गरिएरहेका थिए । यत्तिकैमा बाघ सुरक्षाकर्मी भए तर्फ जाई लाग्याे, एक सशस्त्रका सुरक्षाकर्मीकाे टाउकाेमै आक्रमण गर्दै बाघ जंगल तर्फ अघि बढेकाे प्रत्यक्षदर्शीहरूले बताए ।

सुरक्षाकर्मीले टाउकाेमा हेलमेट लगाएकाे कारण बाघकाे पन्जा चिप्लिएर उनकाे छातीमा बज्रियाे उनी सामान्य घाईते भएका छन्। त्यसै बेलासंगैका अन्य दुई स्थानीय पनि बाघकाे आक्रमणबाट घाईते भईसकेका थिए ।

साेही क्रममा बाघ खुला खेतमा हिडेकाे देख्दा पहिले नै घाईते भई सकेकाे, कमजाेरिले गलित बनेकाे चितुवा भएकाे स्थानीयले लख काटेका थिए ।थकित बाघ हिड्दा हिड्दै सानाे रूखकाे छायाँमा निकै बेर सुस्ताए पनि त्यसलाई उद्दार गर्न सम्वद्ध टाेली, वन प्रशासन, निकुञ्ज कसैले चासाे नदेखाउदा अन्ततः उक्त जंगली जनावर स्थानीयबासीकाे प्रतिकारमा मरेकाे बताईएकाे छ ।

बाघ गाउँ पसेकाे करिव अढाई घण्टाकै अन्तरालमा बाघले मध्यविन्दु ८ का ३८ वर्षीय दिवा (देबी ठकुरी) मल्ल,३४ वर्षीय सुनिल जयसवाल, २७ वर्षकी रूपा कुमाललाई घाईते बनाएकाे थियाे ।

त्यसै गरि २२ बर्षका अमृत महताे, २२ वर्षकै राेशन कुमाल,५० बर्षका राेम बहादुर कमेली,२६ वर्षकाे टेकबहादुर चाैधरी,करिव ४० वर्षिया कृष्ण बिक,४५ वर्षका शेर बहादुर महताे र ५२ वर्षका मान बहादुर कुमाल बाघकाे आक्रमणबाट घाईते भएका छन् ।

घाईतेहरूकाे स्थानीय मध्यविन्दु नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर तर्फ पठाईएकाे अस्पताल स्राेतले जनाएकाे छ ।

गाउँमा बाघ चितुवा पसेर आतंक मच्चाउदा समेत समयमै ती जनावरलाई सुरक्षित रूपले समातेर लैजान नसक्नुलाई सम्वद्ध निकायकाे कमजाेरी भएको स्थानीय बताउछन् ।

के भन्छ, वन प्रशासन

यसै सम्वन्धमा जिल्ला स्थित डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारी मध्यविन्दुमा मानिसमाथि आक्रमण गर्ने जनावर बाघ नभइ चितुवा भएकाे बताउछन् ।

वहाँले छ जनालाई आक्रमण गरेकाे भन्ने सुनिएकाे छ, पछि चितुवा वन पस्याे भन्ने खवर आएकाे थियाे । अहिले मरेकाे भन्ने सूचनासंगै कर्मचारी पठाएर डिभिजन परिसरमा ल्याउने तयारी भई रहेकाे छ ।मृत चितुवालाई स्थानीय भेटेनरी डाक्टरबाट पाेष्टमार्टम गराई खाडलखनी पुरिने उनले बताए ।

स्थानीय वनमा बाघ तथा चितुवा मर्ने क्रम बढ्दाे

पछिल्लो समय पूर्वी नवलपरासीका स्थानीय वनमा बाघ तथा चितुवा विभिन्न कारणले मर्नेक्रम बढेकाे छ ।
काल गति, जुधेर तथा मानवीय जस्ता बाह्य कारण देखाईए पनि पछिल्लाे ४ महिनामा दूर्लभ ३ पाटेबाघ सहित १ चितुवा स्थानीय जंगलमा मरेकाछन् ।
जस्ले संरक्षणकाे क्षेत्रमा चिन्ता थपेकाे छ ।

Skip This