मिटरब्याज प्रकरण: तीन दर्जन बढी निवेदन समितिले प्रजिअलाई बुझायो

1.03k
Shares

नवलपरासी। 

मिटरव्याज विरुद्ध संघर्ष समिति नवलपुरले जिल्लामा सङ्कलित पीडितका तीन दर्जन बढी निवेदन फारम प्रजिअलाई बुझाएकाे छ ।
समितिका जिल्ला उपाध्यक्ष  शारदा पौडेलले अनुचित लेनदन (मिटरव्याज) संग सम्बन्धित आयाेगले उपलब्ध गराएको ढाचामा ३८ जना पीडितले भरेका निवेदन फारम प्रमुख जिल्ला अधिकारी अरुण पाेख्रेललाई बुझाएकाे बताइन  ।

उक्त निवेदन फारममा करिब ८ जना पिडकबाट झन्डै २१ करोड ९७ लाख रुपैयाँ बारावरको अनुचित लेनदेन (मिटरव्याज) रकम समाबेश  रहेको बताईएकाे छ।

साे अवसरमा उपाध्यक्ष पौडेलले बुधबार निवेदन फाइल बुझाउदै प्रमुख जिल्ला अधिकारीसंग पिडितहरूका पक्षमा राज्य अभिभावक बनेर न्याय दिने अपेक्षा राखेकी थिईन् । पिडित पक्षबाट सङ्कलित निवेदन बुझ्दै प्रजिअ पाेख्रेलले नेपाली  समाजमा क्यान्सरकाे रूपमा  रहेको समस्या समाधानमा समितिले खेलेकाे भूमिका प्रति कृतज्ञता व्यक्त गरे ।

साेही अवसरमा संघर्स समितिका सल्लाहकार जनक थापाले मिटर ब्याज समस्या समाधानमा नेपाल प्रहरीको उल्लेखनीय भूमिका रहँदा रहँदै जिल्लाका केही दलले कतिपय पीडितका पीडालाई राजनैतिक प्रभावमा अलमल्याई रहेको बताए ।

उनले हामीले चाहेकाे पनि पीडितले न्याय पाउन भन्ने नै हाे, राज्य या दल कसैले पनि न्याय दिँदा हुन्छ तर पिडितहरूलाई न्याय बिहिन बनाएर छाड्न पाईदैन् ।
सघर्ष समिति उपाध्यक्ष पौडेलले समितिकाे अथक मेहनत तथा प्रहरी,प्रशासन सबैकाे  समन्वयबाट स्थानीय १७ जना पीडितले राहत पाए पनि आँफू लगायत जिल्लामा थुप्रै मिटर व्याज पिडितहरू संघर्षकाे मैदानमा रहेको बताइन् ।

अनुचित लेनदेन (मिटरव्याज)सम्बन्धि जाँच बुझ आयाेगले गृह मार्फत गत जेठ ११ गते २१ दिने पिडितहरूलाई सम्पूर्ण विवरण खुलाई फारम भर्न गरेकाे सूचनामा थप १५ दिन म्याद पाए पछि संघर्ष समितिले पहिलाे चरणमा अदालत पुगेका केही केस सहित ३८ निवेदन जिप्रकामा बुुझाएकाे बताएको छ ।

समितिले पिडितहरूकाे संघर्षपूर्ण मागबाट गठित आयाेगले छानबिन प्रक्रिया अगाडि बढाई रहँदा सत्य तथ्य बुझेर पिडकको सम्पत्ति समेत छानबिन गरी पीडितलाई न्याय दिने कुरामा राज्य गंभिर भएर लाग्न पनि माग गरेकाे छ ।

Skip This