६० किलो सुन तस्करी प्रकरणः थप दुई जना पक्राउ

2.63k
Shares

काठमाडौँ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ।

भक्तपुर जिल्ला घर भएका अन्दाजी ३२ वर्षीय मनोज श्रेष्ठ र रूपक भण्डारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

‘६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा हाम्रो टोलीले नेपाल-भारत सीमा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। उक्त विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने।

उक्त सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको संख्या २० जना पुगेको प्रवक्ता बोगटीले बताए।