नक्कली लाइसेन्स प्रकरणः उपसचिवसहित ५ जना पक्राउ

14.66k
Shares

काठमाडौँ।

नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने प्रक्रियामा संलग्न भएको आरोपमा प्रहरीले उपसचिवसहित ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्प्युटर अधिकृत पदमराज आचार्य, तत्कालीन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत सुवास पौडेल, यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर राजेश लम्साल र यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर दिलीपकुमार साह रहेका छन् ।

सरकारी कागजात कीर्ते गरेको अभियोग लागेर पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर थुनामा राखिएको छ ।

यो प्रकरण सीआईबीले छानबिन गरिरहेको छ ।