गण्डकी प्रदेशकाे बजेट ३२ अर्ब ९७ कराेड (पूर्णपाठ)

1.22k
Shares

कास्की ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि करिव ३३ अर्बको बजेट ल्याएको छ।अर्थमन्त्री डा. टकराज गुरूङले शनिवार आउँदो आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजाररुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।

यो बजेट चालु आवको भन्दा कम हो। संघीय सरकारले नै अनुदानहरु कटौती गरेकाले प्रदेशको बजेट आकारघटेको हो। प्रदेश सभामा अर्थमन्त्री गुरूङले कुल बजेट ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँकोविनियोजन विधेयक पेस गरे।

त्यस्तै बजेटले चालु खर्च १३ अर्ब १६ करोड ५ लाख ८२ हजार अर्थात् ३९.९१ रपुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार अर्थात् ५९.१९ प्रतिशत बजेट विनियोजन गरेको छ।

मन्त्री गुरूङका अनुसार वित्तीय व्यवस्थातर्फ ३ करोड अर्थात कुल विनियोजनको ०.९० प्रतिशत रकम छुट्याइएको छ। सो रकम मध्य आगामी आर्थिक वर्ष १ करोड ७६ लाख ११ हजार प्रदेश सञ्चित कोषमाथिव्ययभार हुने अनुमान गरिएको छ ।

सरकारले बजेटको स्रोतको रूपमा संघबाट आएको अनुदानलाई आधार मानेको छ। समानीकरणअनुदानमार्फत अनुदानबाट ७ अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट रू. ४८ करोड १० लाख, सशर्त अनुदानतर्फ ३ अर्ब १० करोड ११ लाख, समपूरकअनुदानतर्फ १ अर्ब १९ करोड र विशेष अनुदानतर्फ रू. ६५ करोड ५५ लाख प्राप्त हुने अनुमान उनले बताए।

प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व ५ अर्ब १७ करोड प्राप्त हुने अनुमान गरेको बताए । साथै, चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात २ अर्ब ९४ करोड नगद मौज्दात बचत हुने र न्यूनहुने रकम मध्ये १ अर्ब ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाएको अर्थमन्त्री गुरूङले बताए ।