कर्णाली सरकारले ल्यायो ३१ अर्ब ४१ करोडको बजेट

1.13k
Shares

सुर्खेत।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट ल्याएको छ। अर्थमन्त्री महेन्द्र केसीले प्रदेशसभामा शनिबार आगामी आर्थिक वर्षको बजेट पेस गरेका हुन्।

जसमा चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार ५९.७ प्रतिशत रहेको छ।

गतवर्ष २०८०/०८१ मा प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार बराबरको बजेट ल्याएको थियो।