पर्यटन प्रवर्द्धनका लागि बुलेट राईड

16.17k
Shares

काठमाडौं । 

नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले हरेक वर्ष नेपालको ढोरपाटन, पोखरा लगायतका पर्यटकीय स्थलहरूका साथै भारतको सिक्किम ग्यान्टोकसम्मको बुलेट राईड कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको थियो ।

सोही राईडको निरन्तरता स्वरूप यस वर्ष जेठ ३२ र असार १ गते करिब ३० वटा बुलेट बाईकहरू समावेश गरी काठमाडौंदेखि सिन्धुलीको मुलकोट सम्मको २ दिने राईड सञ्चालन गर्न लागेको छ ।

 पहिलो दिन काठमाडौबाट मुलकोटको ताज रिभरसाईड रिसोर्ट एण्ड एड्भेन्चर पुगी रात बस्ने योजना रहेको छ । दोस्रो दिन ऐतिहासिक स्थल सिन्धुलीगडीको अवलोकन, सुनकोशीमा राफ्टिङ, बाईक सम्बन्धी विभिन्न खेलहरू सम्पन्न गरी काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

 सो क्रममा एड्भान्चर विथ सञ्जयको उद्घाटन गर्ने समेत उद्देश्य रहेको राईडलाई सफलतापूर्वक सम्पन्न गर्न मिचिलिन टायर र कुमारी ट्रेडिङ्सले सहयोग गर्नेछ ।