सन्दीपले विश्वकप खेल्ने पक्का

2.07k
Shares

काठमाडौं।

क्रिकेटर सन्दीप लामिछानेले आईसीसी ट्वान्टी–२० विश्वकपका दुई म्याच खेल्ने पक्का भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काद्वारा सोमबार जारी विज्ञप्तिमा सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपको समूह चरणका दुई म्याच खेल्ने पक्का भएकोे उल्लेख छ । यसअघि भिसा नपाएका कारण सन्दीप विश्वकप खेल्न अमेरिका जानबाट रोकिएका थिए । अब सन्दीपले वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको म्याच खेल्ने पक्का भएको छ । नेपालले आगामी शनिबार दक्षिण अफ्रिका र सोमबार बंगलादेशको सामना गर्नेछ ।

उच्च अदालत पाटनले गत मे १५ मा गरेको फैसलासँगै क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा समावेश गर्दै युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ । सचिव खड्काले सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ सदस्यीय टोलीको अन्तिम नामावली इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) सामु पेस गरेको बताएका छन् । यसअघि अमेरिकाले दुईपटक सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । जसका कारण सन्दीपले नेदरल्यान्ड्स र श्रीलंकाविरुद्धको खेल गुमाउनुप¥यो ।

क्रिकेट संघमाथि लागेको आरोप

–खेलाडीले हस्ताक्षर गरेको ब्याट र टिसर्ट अक्सनमा राखेर बेचेको तर क्यानको बैंक खातामा रकम दाखिला नभएको

–स्पोर्ट्स बारमा खेलाडीलाई भेट्न गएका व्यक्तिहरूसँग टिकटको मूल्य ३५ डलर गैरकानुनी रूपमा उठाएको

–८० डलरको गेमको टिकटलाई १ सय ३५ डलर उठाएको

–भिसा प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयको लेटर प्याड दुरुपयोग गरेको
–खेलाडीहरूको ‘किट्स’ मा राष्ट्रिय टोलीको जर्सी पठाएर खेलाडीहरूलाई भरिया बनाएको

–अमेरिकामा जर्सी बेच्ने क्रियाकलापमा क्यान पदाधिकारी नै संलग्न रहेको
–टिकट र भीभीआईपी पास वितरणमा पारदर्शिता नभएको

पारसको चेतावनी

क्यानका सचिव पारस खड्काले संस्थाभित्रकै सदस्यहरूले क्रिकेटको बदनाम गर्न खोजिरहेको बताउँदै त्यसविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । सचिव खड्काले सोमबार सामाजिक सञ्जालमार्फत् पछिल्लो ९ महिनायता आफ्नो नेतृत्वमा संस्था सही मार्गमा अघि बढिरहेको भए पनि संस्थाको हित नचाहने व्यक्तिले आफू र संस्थाविरुद्ध भ्रम छर्दै क्रिकेटको बदनाम गर्न खोजिरहेको लेखेका छन् ।

Skip This