थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी ४५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

2.73k
Shares

काठमाडौँ।

थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी ४५ लाख ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही मलंगवा न.पा. वडा नं. ४
घर भई ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ धापाखेल बस्ने ४५ वर्षीय  मुन्ना सिंह भन्ने सुजित कुमार सिंह रहेका छन्।

उनले  २०८० चैत्र २९ गते जुवा तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्धामा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पक्राउ परी थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भनी उनको  आफन्तहरुसँग सम्पर्क गरी मेरो उच्च पदस्थ ब्यक्तिहरुसँग नजिकको चिनजान छ, मैले आफै सरकारी वकिल, न्यायाधीस , प्रहरी समेतलाई  तल देखि माथी सम्म पैसाले सेटिङ मिलाउछु भनी  आफन्तहरुलाई बिश्वास दिलाई काठमाण्डौंको बिभिन्न स्थानमा बोलाई भेटघाट गरी नगद  २० लाख र चेक मार्फत २५ लाख गरी जम्मा  ४५,००,०००।–अक्षेरुपी पैतालिस लाख रकम ठगी गरेका थिए।

उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलिले शुक्रबार ललितपुर ल.पु.म.न.पा.वडा नं. २३ धापाखेलबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई  ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ।

 

Skip This