नक्कली प्रमाणपत्र लिएर अनुसन्धान विभागमा कार्यरत उप-निर्देशकविरुद्ध मुद्दा दायर

2.91k
Shares

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर राष्ट्रिय अनुसन्धान विभागको उप-अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ ।

चौधरीले भारतको मगध विश्वविद्यालय, बोधगयाबाट बि.ए. उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिई त्यसपश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेस गरी हाल राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप-अनुसन्धान निर्देशक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।

अख्तियारले चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ ।

Skip This