प्रविधि र कार्यालय व्यवस्थापनबारे बुझ्न माओवादी प्रवक्ता सापकोटा एमाले मुख्यालय च्यासलमा

2.35k
Shares

काठमाडौँ।

नेकपा (एमाले) को सूचना प्रविधि तथा कार्यालय व्यवस्थापनबारे अध्ययन गर्न माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नीप्रसाद सापकोटा एमाले मुख्यालय च्यासल पुगेका छन् ।

शुक्रबार दिउँसो सापकोटाले एक घण्टा एमाले कार्यालय सञ्चालनको विषयबारे चासो व्यक्त गरेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । माओवादीका प्रचार विभाग प्रमुखसमेत रहेका सापकोटाले अवलोकनका क्रममा एमालेले प्रयोग गरेको आइटी, सामाजिक सञ्जाल र अफिस सञ्चालनको विषयमा चासो राखेको रिमालले बताए ।

एमाले केन्द्रीय कार्यालय सुव्यवस्थित र आधुनिक प्रविधिलाई आत्मसात् गर्दै चलेको अनुभव सापकोटाले गरेको रिमालले बताए ।