विमानस्थलको रनवेमा क्र्याक देखिएपछि सबै उडान प्रभावित, यात्रुको बेहाल

18.24k
Shares

काठमाडौँ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा क्र्याक देखिएपछि उडान प्रभावित भएको छ । हाल अन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द रहेको विमानस्थलले जनाएको छ।

क्र्याक भएको ठाउँलाई मर्मत गरेपछि मात्रै उडान अवतरण हुने भएकोले आवश्यक मर्मतका लागि विमानस्थलबाट हुने उडान अवतरण बन्द गरिएको हो ।

उडान प्रभावित भएपछि यात्रुको बेहाल भएको छ।

करिब १० मिनेटदेखि धावनमार्ग मर्मत भइरहेको विमानस्थलले जनाएको छ।

यसअघि पनि धावनमार्गको कोटेश्वर (०.२) भागको पीचमा प्वाल परेपछि ४५ मिनेट उडान रोकिएको थियो ।