विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

1.22k
Shares

सिन्धुली ।

सिन्धुलीमा  विषालु च्याउ खाएर पाँच जना बिरामी भएका छन् । सिन्धुलीको तिनपाटन गाउँपालिका ४ विस्टारमा आज बिहान विषालु जङ्गली च्याउ पकाएर खाँदा एकै घरका पाँच जना बिरामी भएका हुन् ।

 विषालु च्याउ खाँदा ६७ बर्षका केशर बहादुर भुजेल, ५३ बर्षका पूर्ण माया भुजेल, ३८ वर्षका घनश्याम भुजेल, २१ वर्षका किरण भुजेल र २० वर्षकी नानीमाया समाल बिरामी भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेले जानकारी दिए ।

बिरामीको अवस्था मध्यम रहेको छ । बिरामीको प्राथमिक स्वास्थ्य केन्द्र लाम्पानटारमा उपचार भइरहेको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरी रहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।