बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर : महामन्त्री शर्मा

3.57k
Shares

काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्यूरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठुलो बनाउन दिनुपर्ने बताउदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका थिए ।

स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउँदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् ।