काठमाडौँ।
दक्षिणकाली नगरपालिका–८ केराबारीको भीरमा मृत भेटिएका दुवै जनाको पहिचान खुलेको छ ।
मृतकहरुमा धादिङको सिद्धलेक गाउँपालिका– ५ घर भई भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुरको चाँगुनारायण नगरपालिक– ५ कि ३२ वर्षीया सरिता राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले खोँचबाट आज (बिहीबार )उनीहरूको शव निकालेको हो । करिब २ मिटर तलको पहराबाट शव निकालिएको प्रहरीले जनाएको छ ।
बुधबार एक पुरुष र महिला मृत भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा प्रदेश ३–०२–००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकल समेत भेटिएको छ । जसकारण उनीहरु दुर्घटनामा परेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।











प्रतिक्रिया