चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका श्रेष्ठलाई 

1.88k
Shares

पोखरा। 

चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका  होमलाल श्रेष्ठले जितेका छन्। गत बर्षकाउपबिजेता श्रेष्ठले निर्धारित ४२।१९५ किलोमिटरको दुरीलाई ४ घण्टा १६ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यद्यपि सो दूरी गतबर्ष उनले सो दुरी ४ घण्टा १२ मिनेट५१ सेकेन्डमा पार गरेका थिए ।

त्यसैगरी सोलुखुम्बुका अर्जुङ कुलुङ दोस्रो भए । उनले निर्धारित दुरीलाई ४ घण्टा ३५ मिनेट १५ सेकेन्डमा पुरा गरेका थिए। उनी ५ दिन अघि मात्र उनले एभरेस्ट म्याराथनको उपाधि चुमेका थिए ।

त्यसैगरी गतबर्षका विजेता जुम्लाका धिरबहादुर बुढा तेस्रो स्थानमा आए । उनले ४ घण्टा ४३ मिनेट ६सेकेन्डको समयमा निर्धारित दुरी पार गरेका थिए भने उनले गत वर्ष ४ घण्टा १० मिनेट ५१ सेकेन्डमा दुरी पूरागरी प्रथम स्थान प्राप्त गरेका थिए । द्वितीय र तृतीय स्थान प्राप्त गरेका राई र बुढाले क्रमशः एक लाख र ७५हजार नगद प्राप्त गरे ।

महिला तर्फको उपाधि खोटाङका निर्मला राईले जितिन् । उनले निर्धारित दुरीलाई ५ घण्टा ३७ मिनेट ४७सेकेन्डमा पुरा गर्दै विजेताले राईले नगद १ लाख ५० हजार राशि पुरस्कार प्राप्त गरिन् ।

नेपाल आर्मीकी (डोल्पा घर भएकी)सुनसरी रोकायले ५ घण्टा ४५ मिनेट ३१ सेकेन्डमा दौड पुरा गर्दै दोस्रोस्थानामा रहिन् भने ओखलढुङ्गाकी छोकी शेर्पाले ५ घण्टा ५६ मिनेट ५९ सेकेन्डको समय दुरी पार गर्दै तेस्रोस्थानमा आइन् । गत वर्ष पनि उनले तेस्रो स्थान प्राप्त गरेकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । महिलातर्फ पनि द्वितीय र तृतीय स्थान प्राप्त गरेका रोकाय र शेर्पाले क्रमशः एक लाख र ७५हजार प्राप्त गरे ।

दौड ४ हजार १ सय ३० मिटरको अन्नपूर्ण आधार शिविरबाट सुरु भई माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुकओर्लिएर समापन भएको थियो।

महिला तर्फ १ विदेशी सहित ११ जना धाविकाको सहभागिता रहेको थियो । ३ विदेशी ४९ जना पुरुष धावककोसहभागिता रहेको थियो । महिला तथा पुरुष गरी ६० जना धावकले भाग लिएकोमा २ जनाले बिचबाटै प्रतियोगिता छाडेका थिए । ४ विदेशी ३ जना बेलायती र १ स्क्टल्यान्डका विदेशी धावकको सहभागिता रहेको थियो।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा सञ्चालित अन्नपूर्ण म्याराथनमा विजेता धावकहरुलाई म्याराथनका समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामला मन्त्री डा। टकराजगुरूङ, मूल आयोजक समितिका संयोजक एवं समितिका अध्यक्ष ललित गुरूङ लगायतका विभिन्न व्यक्तित्वलेपुरस्कार प्रदान गरेका थिए। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नारासहित अन्नपूर्ण पदयात्रा क्षेत्रको विकास र विस्तारमा टेवा पुर्‍याउने उद्देश्यसहित समितिले २०७५ सालदेखि अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएको हो।अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न गत वर्षदेखि अल्टिमेट एडभान्चर नेपालकोसाथ र सहयोग रहेको समितिले जनाएको छ।

 सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथमहिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको दिनलाई “अन्नपूर्ण आरोहण दिवस” मनाउने गरिन्छ। सोही दिनको सम्झनामा ‘अन्नपूर्ण म्याराथन’ आयोजना गरिएको अन्नपूर्ण म्याराथन प्रतियोगिताका संयोजक ललित गुरुङले बताए।

समितिका अध्यक्ष ललित गुरूङको अध्यक्षता गण्डकी प्रदेश सरकारका आर्थिक मामला मन्त्री  डा। टकराजगुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पण्डित गुरु आनन्द, प्रदेश सभा सदस्य प्रकाश बराल, पूर्वमन्त्री प्रकाश गुरूङ, नेपाल टुरिजम बोर्डका सदस्य ऋषिराम भण्डारी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनापोखराका प्रमुख डा। रविन कडायत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले पर्यटन पूर्वाधारको विकास गर्नका लागि मौलिकतालाई जोगाई संरक्षणमा जोड दिनुपर्ने बताए । उनले अन्नपूर्णको पर्यटन पर्वधन गर्नका लागि गण्डकी प्रदेश सरकारले उचितनिती निर्माण गर्ने जानकारी दिए । अर्थ पर्यटनको विकास र बिस्तार गर्न सके रोज़गारी सृजना र उत्पादनमा बल पुग्ने उनको भनाई थियो ।

Skip This