एमाले अध्यक्ष ओलीले आज प्रवासी नेपालीलाई सम्बोधन गर्दै


काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हिजो सम्पन्न भएको थियो। अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आज शपथ ग्रहण कार्यक्रम रहेको छ।

सोही अवसरमा आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।