एनपिएलमा आज सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा भिड्दै


काठमाडौं ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्याह्न १२ः३० बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्नेछन् । कर्णाली तेस्रो जितको खोजीमा रहँदा सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

त्यस्तै, आजै अपराह्न ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । तीन खेल खेलेको पोखरा जितविहीन छ भने चितवन प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछ ।

आठ टोली सहभागी प्रतियोगितामा आजका दुवै खेलले अंकतालिकाको समीकरणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।