एमालेलाई कांग्रेसको जवाफ- ओलीले गिरीबन्धु प्रकरणमा काँग्रेसलाई आरोपित गरेपछि प्रतिवाद गरेका हौँ



काठमाडौँ ।

 नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्माले पहिला कांग्रेसलाई आरोप लगाएको टिप्पणी गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अध्यक्ष ओलीले नै पहिला कांग्रेसले गिरीबन्धुको ५१ बिघा बेचेको भनेर आक्रमण सुरु गरेको बताउँदै आफूहरुले त्यसको प्रतिवाद गरेको टिप्पणी गरेका छन् ।

एमालेले अध्यक्ष ओलीमाथि कांग्रेसले आधारहीन आरोप लगाएको भन्दै माफी माग्नुपर्ने बताए पछि कांग्रेसले यस्तो टिप्पणी गरेको हो ।

महामन्त्री शर्माले भने- सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्ण फैसला दिएपछि कांग्रेस चुप नै थियो । तर यसको पहिलो प्रतिक्रिया, दमदार प्रतिक्रिया, आक्रामक प्रतिक्रिया अध्यक्ष ओलीकै थियो । उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो । उहाँले आरोप लगाउन संबिधानले छुट दिने, प्रतिवाद गर्न उहाँलाई सोध्नुपर्ने ?’

महामन्त्री शर्माले ओलीजीले कांग्रेसमाथि आरोप लगाएपछि आफुहरुले त्यसको प्रतिवाद गरेको स्पष्ट गरे । उनले कांग्रेसलाई आरोपित गरेपछि आफूहरू मौन धारण नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्