अमेरिकामा खतरनाक घुम्रपातबाट मृत्यु हुनेको संख्या  १८ पुग्यो 



 न्युर्योक । 

अमेरिकाको ४ राज्यमा आएको खतरनाक घुम्रपातबाट  (टोर्नाडो)  मृत्यु हुनेको संख्या १८ पुगेको छ । अमेरिकाको टेक्सस, ओक्लाहोमा, अर्कान्सास र केन्टकी राज्यहरुमा चार बालबालिकासहित कम्तीमा १८ जनाको मृत्यु भएको छ । अमेरिकामा १ करोड ९ लाख मानिसहरू आइतबार ठूला असिना, हानीकारक हावा र भीषण भूमरीको खतरामा रहेका थिए । आइतबार कम्तीमा ११ पटक घुम्रपातबाट  (टोर्नाडो) आएको अभिलेख गरिएको छ । अधिकारीहरुका अनुसार अर्कान्सासमा ८ जना,टेक्ससमा ७ जना,ओक्लाहोमामा २ जना र केन्टकीमा १ जनाको मृत्यु भएको छ ।

केन्टकीका गभर्नर एन्डी बेशियरले सोमबार बिहान सबेरै आपतकालिन अवस्था जारी गरेका छन् । केन्टकीमा १ लाख ३५, हजार ग्राहकहरु बिद्युत बिच्छेदमा परेका छन् । त्यस्तै १३ वटा राज्यमा ६ लाख४२, हजार भन्दा बढी ग्राहक बिजुलीविहीन भएर बस्न बाध्य भएका थिए ।

करिब १२ करोड भन्दा बढी मानिसहरू सोमबार गम्भीर मौसमको जोखिममा रहेका छन् । यसैगरी  दक्षिण टेक्सस सोमबार साँझ सम्म अत्यधिक गर्मीको चेतावनी दिइएको छ । अर्को दुई दिनमा लारेडोमा ११९ डिग्री, अस्टिन र ह्युस्टनमा ११३ डिग्री माथि जान सक्ने सिएनएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्