कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनीत

1.22k
Shares

काठमाडौँ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रंगमती शाही प्रमुख रहेको कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७  (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको मुख्य सचित कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मनोनयन भएका सदस्य :

१. दुधकुमारी हमाल, डोल्पा
२. डा. साझना खातुन, रौतहट
३. स्मारिका विष्ट, काठमाण्डौ
४. उत्तम सिंखडा, धादिङ्ग
५. रामकुमार राई, भोजपुर
६. ऐनबहादुर मल्ल, बाजुरा
७. अर्जुनप्रसाद रेग्मी, पाल्पा
८. नरबहादुर रोकाया, हुम्ला
९. हरिशंकर तिमिल्सेना, दैलेख
१०.हिराप्रकाश गौचन, बाग्लुङ्ग