नेकपा एमाले धनकुटाको अध्यक्षमा लिम्बू निर्वाचित



काठमाडौं ।

नेकपा एमाले धनकुटाको अध्यक्षमा शिव आङ्ला लिम्बू निर्वाचित भएका छन् ।
मतदान प्रक्रियाबाट लिम्बु अध्यक्षमा निर्वाचित भएका हुन्। लिम्बु ३ सय १४ भोटल्याएर निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी निरेन तामाङले २ सय ७ मत पाएका छन् ।

उपाध्यक्षमा चिन्तन तामाङ निर्वाचित भएका छन् । उनले २ सय ९४ मत पाउँदा अर्का प्रतिस्पर्धी मनोज राईले २ सय ९ मत पाएका छन् ।
अधिवेशनबाट सचिवमा पर्शुराम नेपाल निर्वाचित भएका छन् । नेपालले २ सय ९६ मत पाउँदा अर्का प्रतिस्पर्धी शेरबहादुर लिम्बुले १ सय ९६ मत पाएका छन् ।

खुला उपसचिवमा नैन विश्वकर्मा २ सय ९३ मत ल्याइ निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी गोपाल भट्टराईले १ सय ८७ मत पाएका छन् ।

महिला उपसचिवमा तुलसी राई २ सय ६५ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी मनकुमारी तामाङ तितुङले २ सय २६ मत पाएकी छन् ।
लेखा समितिका ७ जनासहित ५५ सदस्य सर्वसम्मत चयन भएका छन् । पदाधिकारी र ३५ जना सदस्यका लागि मतदान भएको थियो । निर्वाचनमा ५ सय ४८ प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्