अनलाइन मार्फत ठगी गरी बिनान्स एपमार्फत लगानी गर्ने व्यक्ति पक्राउ



काठमाडौँ ।

अनलाइन मार्फत ठगी गरी बिनान्स एपमार्फत लगानी गरेको अभियोगमा  एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  रोल्पा माडी गा।पा वडा नं. ६ स्थाई घर भई  हाल काठमाडौँ  कोटेश्वर बस्ने १९ वर्षीय  विज्ञान घर्तीमगर रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई शुक्रबार  बानेश्वरबाट पक्राउ गरेको हो।

उनले सामाजिक संजाल फेसबुक, टेलिग्रामलगायतका एपहरुको  माध्यमबाट साथी बनाई कुराकानी गरी अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि प्रलोभन देखाई गैरकानूनी कार्य गरी विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा . 2,16,000।- रकम ट्रान्सफर गरी अनलाइन मार्फत ठगी गरेको खुल्न आएको छ।

उनले आइएमई नं  350020921164632/350108671164637 Galaxy A04e Device मोबाईल सेटमा बिनान्स एप Installation गरी आइडी क्रेट  गरेर  एक करोड एकाउन्न लाख पचहत्तर हजार चौहत्तर रुपियाँको समेत  कारोबार गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ।

उनलाई  ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्