द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलियो

188
Shares

काठमाडौँ।

काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग छिचोलिएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग शुक्रबार छिचोलिएको नेपली सेनाले जनाएको छ।

कार्यक्रम रक्षामन्त्री श हरिप्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव श्री किरण राज शर्मा, रथीवृन्द लगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक व्यक्तिहरुको उपस्थितिमा भएको थियो ।

यसअघि यही जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो ।

रक्षामन्त्रीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्ग लगायत द्रुतमार्गका निर्माणाधीन संरचनाहरुको अवलोकन गरेका थिए ।

Skip This