कैलाश सिरोहिया अस्पताल भर्ना



काठमाडौँ।

प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।

उच्च रक्तचापका कारण सिरोहिया अस्पताल भर्ना भएका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले अहिले सिरोहिया काव्या अस्पतालमा उपचाररत रहेको जानकारी दिए ।

उनकाअनुसर उच्च रक्तचापको समस्या देखिएपछि राति प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँबाट रेफर गरेपछि काव्या अस्पताल लगिएको हो ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलवार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरिएको थियो ।

सिरोहियालाई प्रहरीले मंगलवार राति धनुषा ल्याएपछि प्रहरीले अदालतमा पेश गर्दा तीन दिनको म्याद थपियो । शुक्रवार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्