अवस्था ठिक नभएका सवारी साधन चलाउने ५२ जना चालक कारबाहीमा



फाइल फोटो

काठमाडौँ। 

काठमाडौँको बाफलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ५२ ओटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

५६ ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ५२ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।

अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीको टोली काठमाडौँको बाफल क्षेत्रमा शुक्रबार  खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्