जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट २२ जना पक्राउ



काठमाडौं। 
काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ गंगा जमुना गाउँपालिका-६ घर भएकी ३२ वर्षीया सरस्वती गुरूङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका गुरुङ समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ४ सय ५० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ माकलबारी बस्ने देबराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौं कपन बस्ने ३८ वर्षीया बिष्णू लिम्बु समेत १५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार १ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्