बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको छलफल जारी



काठमाडौँ । 

प्रमुख दलका शीर्ष नेताहरूको बैठक  बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा संसदको अवरोध हटाउने, सहकारी ठगी प्रकरण छानबिन गर्न गठन गर्ने लागिएको संसदीय समितिको कार्यादेश लगायतका विषयमा छलफल हुने बताइएको छ । जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकोले संसद सुचारु गरेर बजेट ल्याउनुपर्ने दबाबमा सरकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्