छिमेकीसँगको राम्रो सम्बन्धले मात्र नेपाल समृद्ध बन्छ : डा.भट्टराई



काठमाडौं ।

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य साकार बनाउन सकिने बताएका छन् ।

परराष्ट्र मामिला विभागले आज बिहान आयोजना गरेको ‘बदलिंदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयक राउण्ड टेबल बैठकमा प्रमुख डा. भट्टराईले छिमेकी भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न निरन्तर वार्ता र छलफल गरिनुपर्नेमा जोड दिए । वार्ता र छलफलले नै दुई देशबीचको समस्या समाधान हुने र सम्बन्धमा सुधार आउने उनले बताए। अब आर्थिक कुटनीतिमा केन्द्रीत हुनुपर्ने उनको विचार छ ।

डा. भट्टराईले मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता, कहिले कता झुकाव राख्न नहुनेमा जोड दिनुहुँदै वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्दै नेपाललाई स्वतन्त्रतापूर्वक रूपमा हिंडाउनु पर्ने एमालेको नीति रहेको बताए । उनले भारतसँगको १९५० को सन्धि असमान र असान्दर्भिक रहेको समेत चर्चा गरे । चीनसँग बीआरई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम लाभ लिनुपर्ने बताउनुभयो । कसैको प्रभाव र दबाबमा नपरी नेपाल र नेपालीको हितमा हेर्ने एमालेको परराष्ट्र नीति रहेको उल्लेख गरे । बैठकको विदेश मामिला विभाग सचिव डा. अञ्जान शाक्यले सहजीकरण गरेकी थिइन् भने विभागका सदस्यहरूले बदलिंदो परिवेशमा एमालेको विदेश नीतिका बारेमा धारणा राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्