श्रीखण्ड तरुमुल महाविहारले विविध कार्यक्रम गरी मनायो बुद्ध पूर्णिमा 

2.63k
Shares

काठमाडौं। 

आज २५६८ औं बुद्ध पूर्णिमा, शाक्यमुनी गौतम बुद्धको लुम्बिनीमा जन्म भएको, बोधगयामा बुद्धत्व प्राप्त गरेको र कुशीनगरमा महापरिनिर्वाण भएको संयोग परेको दिन हो । संसारभरकै बौद्ध धर्मालम्बीहरुले बुद्ध पूर्णिमाको दिनमा बडो श्रद्धाका साथ बुद्धको स्मरण र धर्मोपदेश मनन् गर्दै उत्सव मनाउने गर्दछन् ।

यसै अवसरमा बिहीबार काठमाडौंको कुमारी घरसँगैको काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो विहार श्रीखण्ड तरुमुल महाविहार (सिखमुबहाः) ले शाक्यमुनी बुद्धको स्मरण बौद्धस्तोत्र पाठ र धर्मोपदेशनाका साथै विविध कार्यक्रम गरी बुद्ध पूर्णिमा मनाएको छ ।

कार्यक्रममा बौद्ध विद्वान डा. सुरेन्द्रमान बज्राचार्य, डा. राजेन्द्रमान बज्राचार्य र आनन्दमुनि बज्राचार्यले बुद्ध शिक्षाबारे प्रवचन दिंदै बौद्ध धर्मका विविध पक्षबारे जानकारी दिएका छन् । उनीहरुले बौद्ध उपासक तथा उपासिकाले मात्र नभई सबैले बौद्ध शिक्षालाई ग्रहण गरी आफ्नो जीवनमा उतार्नुपर्ने आवश्यकता औँल्याए।

महाविहार संरक्षण तथा सञ्चालन समिति अध्यक्ष ई. दिल्लीरत्न शाक्यले नयाँ पुस्तालाई बौद्ध शिक्षाबारे जानकारी दिन महाविहारले आगामी दिनमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिए।

Skip This