सिरोहिया निर्दोष छन्, रविमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्दैन : निधी



काठमाडौँ।

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने बताएका छन् ।

बिहीबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता निधीले यस्तो बताएका हुन्।

नेता निधीले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गरे । उनले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा कांग्रेसले आइतबार काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने बताए । उनले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको बताए ।

नेता निधीले अध्यक्ष सिरोहियाको साथमा नेपाली कांग्रेस र सबै नेपालीहरु रहेको भन्दै कैलाश सिरोहियाको पक्राउको विरुद्धमा कांग्रेस रहेको बताए । उनले सरकारले अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गरेकाले तत्काल रिहाइ गर्नुपर्ने बताए । कैलाश सिरोहियामाथिका आरोप निराधार र त्रुटीपूर्ण रहेको बताए ।

नेता निधीले सरकार तानाशाही, अधिनायकवादी र राज्य कब्जा गर्नेतिर उन्मुख भइरहेकाले त्यसको विरुद्ध शान्तिपूर्ण संघर्ष अघि बढाउने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्